बोहरा मेडिको सेन्टर

सत्तारुढ दलकै सांसद बजेटको विपक्षमा, दबाबमा मुख्यमन्त्री खगराज

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टि चुलिएको छ।

बजेटप्रति नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले आपत्ति जनाउँदै विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि सरकार दबाबमा परेको छ।

CNA

आजै बजेट पारित गर्ने तयारीसहित बिहान ८ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ।

सत्तारुढ दलकै सांसदहरू बजेटको विपक्षमा उभिने चेतावनी दिएपछि सरकारलाई बजेट पारित गराउन सकस पर्ने देखिएको छ।

बजेट निर्माणमा बिचौलियामार्फत कमिसनको खेल भएको भन्दै सत्तारुढ पक्षभित्रै प्रश्न उठेको स्रोतको दाबी छ। केही मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट रहेको बताइएको छ।

अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालले बजेट निर्माणमा एकलौटी गरेको आरोपसमेत लागेको छ।

पर्याप्त छलफल र परामर्शबिना सीमित व्यक्तिले बजेटका योजना तथा प्राथमिकता निर्धारण गरेको भन्दै सत्तारुढ दलका सांसदहरू असन्तुष्ट बनेका हुन्।

विवाद चर्किएपछि मुख्यमन्त्री भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन्।

बजेटप्रतिको असन्तुष्टि सम्बोधन गर्दै पारित गर्ने वातावरण बनाउने विषयमा छलफल हुने बताइएको छ।

सत्तारुढ दलभित्रै सहमति जुट्न नसके बजेट पारित प्रक्रिया थप लम्बिने देखिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.