बोहरा मेडिको सेन्टर

लौ हिँड शिखर जाउँ

dream cafe
learnar
  • पुष्पराज पनेरु

लौ हिँड शिखर जाउँ,चोखो अन्न खाई।
शिलाको दर्शन गरौं, त्यसै ठाउँ जाई।।
डडेल्धुरा गन्यापधुरा, गन्याप कि जाँत।
फनफनी घुमेको हेरौं, श्वेत वस्त्र छात।।
भाद्र चतुर्दशी तिथि, गन्यापको मेला।
गन्यापकी बयाल हेरौं, मुहर्तका वेला ।।
शिलामा नागको मूर्ति, तलदेखि माथि।
हेर्न लाएक अर्को दृश्य, जलाएका बाती।
खपरेको ‘गोलो’ हेरौं, दुईटा शिला बीच।
त्यैंबाट तप् तप पानी, चुहिरन्छ नीच।।
ढुङ्गाबाट पानी चुहिने ,अचम्मको लीला।
माथि हेर्दा टोपी खस्ने, कति ठूलो शिला।।

CNA
GBL NEW

माथि छ शिलाको थान,तल ‘गोठपाण’।
मन्दिरैमा देख्नमिल्छ, मान्छे बस्ने टाँण।।
मन्दिर पुग्ने दुईटा बाटा, दुईटै तिर गेट ।
मन्दिरमा हुन्न कहिल्यै, गाईगोरुको भेट।।
मन्दिर पुग्नु पूर्व आउँछ, दुवै पन्थ पानी ।
पानी पाए खुशी हुने, भक्त जनको बानी।।
बस्नलाई भिरालो ठाउँ, जतिपनि अट्ने।
हाँसीखुशी आनन्दले, पूरा रात कट्ने।।
मंगलारी मंगल गान, गाउँछिन् रातभरि।
डेरा डेरा सुन्न मिल्छ, फागथरीथरी।।

डेउडाखेल् धुमारीखेल, भजन् किर्तनपनि।
देउताकामी थरीथरी, धामीका नाच हुने ।।
पञ्चेबाजा रन्किरन्छन्, शीला हल्ने गरि।
एकचोटि अवश्य हेरौं, आफ्नो जीवन् भरी।।
यस्ता दृश्य कतै छैनन्, प्रकृति निर्मीत।
हेर्न पाए होला हजुर, सबैलाई गर्वीत।।
म भने त्यहाँ जानलागे, आउनु होला हजुर।
मन्दिरमा भेट गरौंला, फोन गर्नु जरुर।।
अन्ठानब्बे अठ्चालिस, त्रिसट्ठी एक जेरो।
अन्तमा छ एक थप्नु ,फोन नम्बर मेरो।।

लेखक पनेरु गन्यापधुरा गाउँपालिका–४ जैसेरा घर भई हाल धनगढी उपमहानगरपालिका–२ कृष्णनगर चौराह बस्छन्

Ddl dental
Leave A Reply

Your email address will not be published.