बोहरा मेडिको सेन्टर

‘सुदूर अब दूर नाइँ’ भन्दै धनगढीको हवाई भाडा घटाउन माग

dream cafe
learnar

डडेल्धुरा : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले काठमाडौं–धनगढी हवाई भाडा घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद अवस्थीले भारतको राजधानी दिल्ली पुग्न लाग्ने हवाई भाडाभन्दा आफ्नै देशको सुदूरपश्चिम पुग्न महंगो पर्ने अवस्थाप्रति आपत्ति जनाइन्।

CNA

‘भारतको राजधानी दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महंगो। दिल्लीभन्दा सुदूरपश्चिमलाई सस्तो बनाइदिनुहोला,’ उनले भनिन्, ‘सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तम्लाई भन्दै घर फर्किने वातावरण मिलाइयोस्।’

GBL NEW

उनले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा सामाजिक सञ्जालमा प्रयोग गरेको ‘सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया’ भन्ने अभिव्यक्तिसमेत संसदमा स्मरण गराएकी हुन्।

सांसद अवस्थीले हवाई सेवा प्रदायक कम्पनीहरूलाई पनि नागरिकमाथि महंगो हवाई भाडाको भार नथोपर्न आग्रह गरिन्।

विशेषगरी चाडपर्व र प्राकृतिक विपत्तिका बेला हवाई भाडा बढ्ने प्रवृत्तिले सुदूरपश्चिमका नागरिक थप मारमा पर्ने उनको भनाइ थियो।

‘महंगो भाडाबाट उम्किने आपतकालीन द्वार नै विमानमा छैन। दसैं आयो, भाडा बढ्यो। बाढीपहिरो आयो, सडक बन्द भयो, झन् बढ्यो,’ उनले भनिन्, ‘एयरलाइन्सले यसलाई डिमान्ड एन्ड सप्लाइ भन्ला, तर नागरिकले यसलाई बाध्यताको मूल्य भन्छ।’

सुदूरपश्चिमलाई राजधानीसँग सहज र सुलभ हवाई सम्पर्कमा जोड्न सरकारले भाडा नियमन तथा सहजीकरणका लागि आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.