क्याप्टेन बेद उप्रेतीको ‘भूस्वर्गको परिकल्पना सुदूरपश्चिम’ लोकार्पण

dream cafe
learnar

डडेल्धुरा : क्याप्टेन बेद उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूपश्चिम नेपाल पुस्तकको लोकापर्ण गरिएको छ।

आज (शनिबार) एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।

GBL NEW

पुस्तकमा सुदूरपश्चिमका सम्भावित क्षेत्रका तस्बिर र व्याख्या समेटिएको छ।

सुदूरपश्चिमको वास्तविक परिदृश्यलाई काल्पनिक विस्मयलोक/भूस्वर्गका रुपमा परिकल्पना गरिएका दृश्य समावेश गरेर तयार पारिएको पुस्तकमा १२० पाना र ९४ रंगिन तस्बिर छन्।

पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा वर्णन गरिएको छ।   पुस्तक बिक्रीबाट प्राप्त रकम बेद उप्रेती ट्रष्टका माध्यमबाट सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी गराए।

पुस्तक लोकार्पण गर्दै देउवाले धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताए।

उनले उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई नेपाल र नेपाल बाहिर चिनाउन सहयोग गर्ने बताए।

काँग्रेस नेता रमेश लेखकले पुस्तकले सुदूरपश्चिमभित्र लुकेर बसेका सम्पदालाई बाहिर ल्याउने काम गरेको बताए।

पूर्व परराष्ट्रमन्त्री एनपी साउदले धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा र  इतिहासलाई लेखकले समेटेको बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.