बोहरा मेडिको सेन्टर

भागेश्वरको उदाहरणीय निर्णय, दिवसको बजेट राहत कोषमा

dream cafe
learnar

डडेल्धुरा : भागेश्वर गाउँपालिकाले २३औँ निजामती सेवा दिवसका अवसरमा कर्मचारी पुरस्कार, सम्मानलगायतका कार्यक्रमका लागि छुट्याइएको बजेट विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

GBL NEW

गाउँपालिकाले पुरस्कार, सम्मान तथा अन्य कार्यक्रमका लागि प्रस्तावित १ लाख ८ हजार १ सय रुपैयाँ रसुवागढी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा जम्मा गरेको हो।

CNA

प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाका अनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र तथा गाउँपालिकाको निर्णयअनुसार उक्त रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।

गाउँपालिकाले देश शोक तथा विपद्को अवस्थामा रहेको बेला प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग गर्नु मानवीय तथा सामाजिक दायित्वसमेत भएकाले निजामती सेवा दिवसका कार्यक्रमका लागि छुट्याइएको रकम राहत कोषमा हस्तान्तरण गरिएको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.