

डडेल्धुरा : रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितका लागि डडेल्धुराको परशुराम नगरपालिका–३ स्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्।

विद्यार्थीहरूले आफ्नो खाजा खर्चबापतको १ हजार ६ सय १२ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।

सानो उमेरमै विपद्मा परेका नागरिकप्रति सहयोगको भावना देखाउँदै विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर राहत कोषमा रकम जम्मा गरेका हुन्।



