बोहरा मेडिको सेन्टर

सधैँ कालो चस्मामा देखिने बालेनले संसदमा पनि चस्मा नखोल्ने, आँखामा के समस्या ?

dream cafe
learnar

डडेल्धुरा : प्रधानमन्त्री बालेन साह प्रायः सार्वजनिक कार्यक्रममा कालो चस्मामै देखिन्छन्।

तर, भोलि संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा पनि उनले कालो चस्मा नखोल्ने भएपछि यसपटक भने चस्माको कारणबारे चासो बढेको छ।

CNA

बुझिएअनुसार प्रधानमन्त्री साहले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका छन्।

चिकित्सकले आँखामा समस्या देखिएपछि कालो चस्मा लगाउन र आवश्यकताअनुसार आई ड्रप प्रयोग गर्न सुझाव दिएको बताइएको छ।

प्रधानमन्त्री साहले आँखाको समस्याबारे स्वास्थ्य रिपोर्टसहित संसद सचिवालयलाई जानकारी गराइसकेको बुझिएको छ।

GBL NEW

त्यसैले संसदको प्रश्नोत्तर कार्यक्रममा पनि उनी कालो चस्मामै उपस्थित हुने भएका हुन्।

बालेन सार्वजनिक जीवनमा सुरुदेखि नै कालो चस्माका कारण पनि चर्चामा रहँदै आएका छन्।

तर, अहिले भने आँखाको समस्याका कारण चिकित्सककै सल्लाहअनुसार चस्मा नखोल्ने तयारी गरेका छन्।

भोलिको प्रश्नोत्तर कार्यक्रममा ११ सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्ने तयारी गरेका छन्।

रास्वपाका तीन, कांग्रेसका दुई, एमालेका दुई, नेकपाका दुई तथा राप्रपा र श्रम संस्कृति पार्टीका एक–एक सांसदले प्रश्न टिपाएका छन्।

यसअघि सभामुख डिपी अर्यालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरुमार्फत् संसदमा मर्यादित पोशाक लगाउन निर्देशन दिएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.