डीएसपी बमको काँधमा अछाम प्रहरीको कमाण्ड

dream cafe
learnar

अछाम :  जिल्ला प्रहरी कार्यालय अछामको नयाँ प्रमुखका रूपमा डीएसपी पविन्द्र बमले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार अछाममा काज सरुवा भएर आएका उनले बुधबार पदभार ग्रहण गरेका हुन्।

GBL NEW

जिम्मेवारी सम्हालेपछि डीएसपी बमले जिल्ला प्रहरी कार्यालयको समग्र अवस्थाबारे जानकारी लिँदै विभिन्न शाखाको निरीक्षण गरेका थिए।

निरीक्षणपश्चात् उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवाग्राहीमैत्री व्यवहार र व्यावसायिक अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयले साउन १५ गते डीएसपी बमलाई अछामको जिम्मेवारी दिँदै काज सरुवा गरेको थियो।

यसअघि अछामको प्रहरी प्रमुख रहेका डीएसपी ओमप्रकाश खनालको धनुषा जिल्ला प्रहरी कार्यालयमा सरुवा भएपछि बमले उनको स्थानमा जिम्मेवारी सम्हालेका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.