डडेल्धुरा महोत्सवलाई दर्शकको साथ, टंक र रमेशराजले नचाए दर्शक (तस्वीरसहित)

dream cafe
learnar

डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव—२०८०’ जारी छ ।

Amargadhi Education

हिजो (विहीबार) देखी सुरु भएको महोत्सवको आज दोस्रो दिन शुक्रबार पनि विभिन्न कलाकारले प्रस्तुति दिएका छन्।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्यले महोत्सवको आयोजना गरेको हो।

शुक्रबार स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति दिएका हुन्। मोडेल तथा डान्सर झरना बोहरा, गायक रमेश मल्ल, टंक तिमिल्सेना, रमेशराज भट्टराईले डडेल्धुरेली दर्शकलाई नचाएका थिए।

महोत्सवमा विभिन्न गीत गाउँदै उनीहरूले सहभागी दर्शकलाई नचाएका हुन्। आज महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको संघका वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिएका छन्।

अजयमेरु फाैजी केरा

भोलि (शनिबार) पनि स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहने संघका अध्यक्ष दिजराज भट्टले जानकारी दिए।

फागुन २४ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका—४ टुँडिखेलमा चल्ने छ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ।

हेर्नुहोस् थप तस्वीर :

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.