जेनजी आन्दोलनको प्रतिवेदनमा नाम परेपछि दीपक बोहोरा सर्वोच्चमा, खारेजीको माग

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाममा उल्लेख गरेपछि रास्वपाका सांसद दीपक बोहोराले सर्वोच्चमा रिट हालेका छन्।

आज सभापति रवि लामिछानेसँगै दिल्ली जानुअघि उनले रिट दर्ता गराएका हुन्।

Arthik
HARDIK AGRo NEw

आयोगको प्रतिवेदनमा भदौ २३/२४ गतेको घटनामा विभिन्न ढंगले भिडलाई उक्साउने क्रियाकलाप गरेको भन्दै रास्वपाका दर्जनौँ सांसदहरूलाई आरोपित गरेको छ।

उनीहरूमाथि छानबिन गरेर दोषी देखिएमा कारबाही गर्न भनिएको छ। त्यसभित्र बोहोरा पनि परेका छन्।

बोहरा जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी भएका थिएनन्। त्यसबेला उनी दोस्रो सन्तान जन्मिने क्रममा श्रीमतीसँग अस्पतालमा थिए।

प्रतिवेदन पूर्वाग्रही र भ्रमपूर्ण रहेको भन्दै बोहराले खारेजीको माग रिटमा गरेका छन्। उनको रिटमा भोलि पेशी तोकिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.