कैलालीका सुरक्षा निकायमा अदलबदल : बम बिमानस्थल पुग्दा, कारागार र सत्तीमा को ?

dream cafe
learnar

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले तीन स्थानका इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ।

धनगढी विमानस्थल, कैलाली कारागार तथा प्रहरी चौकी सत्तीमा जिम्मेवारी हेरफेर गरिएको हो।

Arthik

प्रहरीका अनुसार धनगढी विमानस्थलका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएपछि उनको स्थानमा वरिष्ठ सई राजेन्द्र बमलाई पठाइएको छ।

HARDIK AGRo NEw

बम यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए।

त्यसैगरी प्रहरी चौकी सत्तीका इन्चार्ज सई सुशील चन्दको जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

उनको स्थानमा कैलाली कारागारमा कार्यरत सई ऐनबहादुर पाललाई नयाँ इन्चार्जको जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत वरिष्ठ सई धनञ्जय मल्ललाई कारागारको सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.