डडेल्धुरा अस्पतालमा रास्वपाको ‘अस्वभाविक हर्कत’, कानुनभन्दा माथि सभापति सुरेन्द्र ?

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराले डडेल्धुरा अस्पतालमा अस्वभाविक हर्कत गरेको छ।

रास्वपाले अस्पताल व्यवस्थापन समितिको कार्यकाल सकिएको उल्लेख गर्दै ‘नयाँ समिति गठन नहुँदासम्म व्यवस्थापन समितिका कुनै पनि कामकारबाही नगर्न/नगराउन’ भनि सूचना पार्टीमा पत्र टाँसेको हो।

Arthik

२०८३ जेठ ४ गतेको मितिमा टाँसिएको उक्त पत्र अस्पताल प्रशासनलाई सम्बोधन गरिएको भए पनि त्यसको शैली र प्रस्तुति भने राजनीतिक दबाब सिर्जना गर्ने खालको देखिएको भन्दै चौतर्फी प्रश्न उठ्न थालेका छन्।

पार्टीका जिल्ला सभापति सुरेन्द्र अवस्थी लगायतका नेताहरूको हस्ताक्षर रहेको उक्त पत्रमा अस्पताल व्यवस्थापन समितिको कार्यकाल सकिएको उल्लेख गर्दै ‘नयाँ समिति गठन नहुँदासम्म व्यवस्थापन समितिका कुनै पनि कामकारबाही नगर्न/नगराउन’ भनिएको छ।

सरकारी अस्पतालभित्र राजनीतिक दलले प्रशासनिक आदेशसरह शैलीमा पत्र टाँस्नु कत्तिको कानुनसम्मत हो भन्ने प्रश्न उठ्न थालेको छ।

अस्पताल सञ्चालन, विकास समिति गठन तथा निर्णय प्रक्रिया सम्बन्धित सरकारी निकाय र कानुनी व्यवस्थाअनुसार सञ्चालन हुने विषय भए पनि रास्वपाले प्रत्यक्ष निर्देशन दिएजस्तो गरी पत्र टाँसेपछि धेरैले आपत्ति जनाएका छन्।

HARDIK AGRo NEw

नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाही सरकारी अड्डा कुनै पार्टीले नभएर राज्यको तालुक निकाय र कार्यविधिले चल्ने बताउँछन्।

रास्वापाले अस्पतालमा गरेको कार्यमा असन्तुष्टि जनाउँदै उनी भन्छन्, ‘हलुका र मनमर्जी हर्कतले राजनीतिको ओज घटाउँछ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराका अध्यक्ष राजेन्द्र भण्डारीले हास्यास्पद ज्ञापनपत्रले रास्वपाले राजनीतिको जग हसाएको बताए।

शासन व्यक्तिको नभएर विधिको हुनुपर्ने उनको भनाइ छ।

विशेषगरी ‘कुनै पनि कामकारबाही नगर्न’ भन्ने भाषा प्रयोग गरिनुले अस्पताल प्रशासनमाथि राजनीतिक दबाब सिर्जना गर्न खोजिएको देखिन्छ।

उसो त डडेल्धुरा अस्पतालमा व्यवस्थापन समिति नभएर  विकास समिति छ।

ज्ञापनपत्र हेर्दा रास्वपा डडेल्धुराले व्यवस्थापन हो कि विकास समिति भन्ने जानकारी समेत पाएको देखिदैन।

हाल यहाँ अस्पताल विकास समितिको अध्यक्षको रूपमा करुणाकर ओझा रहेका छन्।

उनी कांग्रेस कोटाबाट अध्यक्ष बनेका हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.