डडेल्धुरामा व्यावसायिक सचेतना कार्यक्रम, उद्यम र बैंकिङ पहुँचबारे अभिमुखीकरण

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा व्यावसायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अमरगढी नगरपालिका–२ मा घरेलु तथा साना उद्योग कार्यालय, डडेल्धुराको आयोजनामा व्यावसायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

Ird

कार्यक्रममा उद्यमशीलता विकास, व्यवसाय सञ्चालन, बैंकिङ पहुँच तथा स्थानीय तहको भूमिकाबारे छलफल गरिएको थियो।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका जोगराज ऐरले व्यवसाय दर्ता, सरकारी सेवा–सुविधा, सीप विकास तथा स्वरोजगार प्रवर्द्धनका विषयमा जानकारी दिँदै व्यवसायिक सचेतना र सीप विकासले स्थानीय स्तरमा उद्यम विस्तार र आर्थिक सशक्तीकरणमा टेवा पुग्ने बताए।

HARDIK AGRo NEw

उनले व्यवसायलाई व्यवस्थित र दिगो बनाउन सरकारी निकायले उपलब्ध गराउने अवसर र सेवाको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

यस्तै, राष्ट्रिय बाणिज्य बैंकका किरण जोशीले बैंकिङ सेवा, कर्जा लगानी, वित्तीय अनुशासन तथा उद्यमीले बैंकमार्फत लिन सक्ने सेवा–सुविधाबारे जानकारी दिएका थिए।

उनले व्यवसाय विस्तारका लागि बैंकिङ पहुँच र वित्तीय व्यवस्थापन महत्वपूर्ण हुने बताए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष हेमराज पन्तले व्यवसायिक रूपमा इमानदार भएर काम गर्न आग्रह गरे।

उनले वडामा न्यून बजेट हुँदा सबै क्षेत्रलाई समेटेर काम गर्न चुनौती हुने गरेको उल्लेख गर्दै सीमित स्रोतसाधनका बीच पनि विकास र उद्यम प्रवर्द्धनका प्रयास जारी रहेको बताए।

स्थानीय स्तरमा उद्यमशीलता विस्तारका लागि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.