बोहरा मेडिको सेन्टर

डडेल्धुरा खेलकुद समितिको अध्यक्षमा ऐर, अरु जिल्लामा को ? [नामसहित]

dream cafe
learnar

डडेल्धुरा : जिल्ला खेलकुद समिति डडेल्धुराको अध्यक्षमा जगतबहादुर ऐर नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले ऐरलाई चार वर्षका लागि अध्यक्षमा मनोनयन गरेको हो।

CNA
GBL NEW

प्रदेश खेलकुद नियमावलि २०७७ को नियम ५ (क) को व्यवस्थाअनुसार ऐरलाई अध्यक्ष मनोनीत गरिएको हो। सुदूरपश्चिम सरकारले सुदूरपश्चिममा खेलकुद समितिको अध्यक्षमा भागबण्डा गरेको हो। हाल यहाँ एमाले र कांग्रेसको गठबन्धन सरकार छ।

जस बमोजिम डडेल्धुरामा कांग्रेस निकट ऐरलाई नियुक्ति दिइएको हो।

कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भूपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐरलाई अध्यक्षमा मनोनयन गरिएको हो।

यसअघि नै मनोनयन गरिएका डोटी र दार्चुला अध्यक्षको अवधि भने बाँकी छ।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.