माधवकुमारलाई फोन गरेर ओलीले भने : प्रचण्डले तपाईंसँग ल्याउने कुरा मेरो पनि हो

dream cafe
learnar

काठमाडौं : सत्ता समिकरण फेरिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गरेका छन्।

फोनमा ओलीले नेपाललाई स्वास्थ्य लाभको कामना गरेका हुन्। अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेका थिए।

GBL NEW

ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथमै रहेको बुझिएको छ।

एक नेताका अनुसार, ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ। म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ। प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ। तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो।’

विगतमा ओली-प्रचण्ड विवादमा नेपाल, झलनाथ खनाललगायत पनि विभाजित भएका थिए। एमाले फुटेर एकीकृत समाजवादी बनेयता उनीहरुबीच सौहार्दता कायम हुन सकेको छैन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.