काठमाडौं : नयाँ सत्ता गठबन्धनमा आबद्ध ४ दलबीच ८ बुँदे सहमति भएको छ। उनीहरूबीच सोमवार साँझ ८ बुँदे सहमति भएको हो।
जसअनुसार राष्ट्रियसभाको अध्यक्ष नेकपा (माओवादी केन्द्र) र उपाध्यक्ष नेकपा (एमाले)ले लिने समझदारी भएको छ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षबीच भएको ४ बुँदे सहमतिमा यस्तो सहमति जुटेको हो।
रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमतिको २ नम्बर बुँदामा उल्लेख छ।
साथै उनीहरूबीच मन्त्रालय आपसी समन्वयमा बाँटफाँट गर्ने र शान्ति प्रक्रियाका काम टुंग्याउनेसहितका समझदारी भएको छ।
यस्तो छ सहमति पत्रः