बोहरा मेडिको सेन्टर

रास्वपाले दियो तारा जोशीलाई टिकट, डडेल्धुराबाट चुनाव लड्ने

dream cafe
learnar

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डडेल्धुरामा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।

रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जोशीलाई डडेल्धुराको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो।

CNA

‘भिजन डडेल्धुरा’ अभियानका अभियान्ता रहेका जोशी लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छन्।

उनी गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै नेपाली काँग्रेसका बहालवाला मन्त्री गोविन्दराज बोहरालाई पराजित गर्न सफल भएका थिए।

रास्वपाले डा. जोशीलाई सक्षम, इमानदार र जनमुखी उम्मेदवार का रूपमा अघि सारेको जनाएको छ।

Bohora ma 1

प्रदेश सभा सदस्यका रूपमा रहँदा उनले स्वास्थ्य, शिक्षा तथा दुर्गम क्षेत्रका नागरिकका समस्यालाई सदनमा प्रभावकारी रूपमा उठाउँदै आएका थिए।

डा. जोशीलाई डडेल्धुरामात्र नभई समग्र सुदूरपश्चिमकै नेताका रूपमा चिनिने व्यक्तित्व का रूपमा हेरिन्छ।

सरल व्यक्तिगत जीवन, स्पष्ट राजनीतिक छवि र डडेल्धुराको भूगोल तथा सामाजिक संरचनासँग राम्रो परिचय भएका कारण उनी मतदाताको मन जित्न सफल भएको विश्लेषण गरिएको छ।

रास्वपाले उम्मेदवार छनोटमा लामो रस्साकस्सीपछि उपयुक्त विकल्पका रूपमा जोशीलाई अघि सारेको जनाएको छ।

पार्टीका अनुसार उम्मेदवार छनोटमा आन्तरिक लबिभन्दा पनि जनता र मतदाताको चाहनालाई प्राथमिकता दिइएको हो।

पार्टी सभापति रवि लामिछानेले सुरुदेखि नै जोशीलाई डडेल्धुराबाट उम्मेदवार बन्न आग्रह गर्दै आएका थिए।

यसअघि बालेन शाहले सागर ढकाललाई अघि सारे पनि डडेल्धुरामा उनको माहोल अनुकूल नरहेको जानकारीपछि बालेनसमेत जोशीको पक्षमा खुलेको बताइएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.