बोहरा मेडिको सेन्टर

यी हुन सुदूरपश्चिममा प्रतिनिधसभाको चुनाव लड्ने नेकपाका उम्मेदवार

dream cafe
learnar

धनगढी : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

आगामी फागुन २१ मा हुने निर्वाचनमा लागि नेकपाल उम्मेदवार टुंगो लगाएको हो।

CNA

स्रोतका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट विरमान चौधरी र क्षेत्र नम्बर ४ बाट हरि चौधरी ‘उत्सव’ लाई उम्मेदवार बनाउने निर्णय भएको छ।

Bohora ma 1

कैलालीका क्षेत्र नम्बर १, २ र ५ का विषयमा भने पार्टीभित्र छलफल जारी रहेको बताइएको छ।

कञ्चनपुरमा क्षेत्र नम्बर १ बाट विना मगर, क्षेत्र नम्बर २ बाट लालबहादुर खड्का र क्षेत्र नम्बर ३ बाट मानबहादुर सुनार उम्मेदवारका रूपमा टुंगिएका छन्।

अछाममा क्षेत्र नम्बर १ बाट भीम रावल र क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन्।

यसैगरी डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुवर उम्मेदवार तय भएका छन्। बैतडीमा परमानन्द भट्ट, डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाश शाह को उम्मेदवारी पक्का भएको स्रोतले जनाएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.