बोहरा मेडिको सेन्टर

अन्ततः गले देउवा, महामन्त्रीद्वयसँग वार्ता गर्न तयार

dream cafe
learnar

डडेल्धुरा: नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका छन्।

देउवा निवासको छलफलबाट बाहिरिँदै उनले भने, ‘सभापतिले आजै महामन्त्रीसँग वार्ता गर्नुहुनेछ।’

CNA
Bohora ma 1

भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनमा आज बन्दसत्र जारी छ।

सभापति शेरबहादुर देउवाले भने यसबीचमा आफूनिकट नेताहरुसँग निवासमै छलफल सुरु गरेका छन्।

अहिले पनि देउवा निवासमा जारी छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, जीवन परियार, बद्री पाण्डे, मोहन बस्नेत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका नेताहरू सहभागी छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.