बोहरा मेडिको सेन्टर

कुलमानले भूमिका खोजेपछि जुट्न सकेन सहमति, एक्लाएक्लै बस्दै रवि, कुलमान र बालेन

dream cafe
learnar

डडेल्धुरा  : मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक शक्ति निर्माणका नाममा आएको ‘पूर्वनिर्धारित नेतृत्वको फार्म्याट’ स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

रास्वपा सभापति रवि लामिछाने पार्टी अध्यक्ष र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) भविष्यका प्रधानमन्त्री हुने गरी आएको प्रस्तावलाई ‘एकताभन्दा व्यक्तिकेन्द्रित’ भन्दै पार्टीको केन्द्रीय समितिले अस्वीकार गरेको हो।

CNA
Bohora ma 1

त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा एकतासम्बन्धी प्रस्तावबारे छलफल हुँदा उज्यालो नेपालको संरचना, भूमिकाको हिस्सा र नीतिगत समावेशीकरणको स्पष्ट खाका प्रस्तुत नभएको भन्दै प्रस्ताव मान्न नसकिने निष्कर्ष निकालिएको एक केन्द्रीय सदस्यले बताए।

उनका अनुसार एकताको नाममा केवल नेतृत्वको हिस्सा तय गर्ने प्रवृत्ति स्वीकार्य नहुने बैठकको धारणा रह्यो। तर, नयाँ विकल्प निर्माणका लागि सहकार्यका ढोका भने बन्द नगरिने उज्यालो नेपालले स्पष्ट पारेको छ।

अबको केही समयमा रवि, बालेन र कुलमानको बैठक बस्ने भएको छ। त्यसपछि थप निस्कर्ष बाहिरीनेछ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.