बोहरा मेडिको सेन्टर

नेकपा डडेल्धुराबाट प्रतिनिधि सभाका उम्मेदवार सिफारिस, मानसिंह, निरादेवी र अनिल प्रत्यक्षतर्फ

dream cafe
learnar

डडेल्धुरा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

बिहीबार सम्पन्न पार्टी बैठकले प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो।

CNA
Bohora ma 1

बैठकको निर्णयअनुसार प्रत्यक्ष तर्फ महिलातर्फ निरादेवी जैरु, खुल्लातर्फ मानसिंह माल ‘क्रान्ति’ र अनिल बोहरा, तथा जेन्जी तर्फबाट मुकुन्द भट्टको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको नेकपाले जनाएको छ।

यसैगरी समानुपातिकतर्फ जयन्ती बुढाएर, अहिल्या कुँवर, शकुन्तला नगरकोटी, नरबहादुर बिष्ट, नन्दादेवी भट्ट र धर्म विक लगायतको नाम सिफारिस गरिएको छ।

सिफारिस भएका नामहरू केन्द्रमा पठाइने र अन्तिम निर्णय पार्टीको केन्द्रीय तहबाट हुने पार्टीले जनाएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.