बोहरा मेडिको सेन्टर

डडेल्धुरामा उज्यालो नेपाल पार्टीको कमिटी गठन, अध्यक्षमा भण्डारी, अन्य पदमा कोको ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा उज्यालो नेपाल पार्टीको जिल्ला कमिटी गठन गरिएको छ।

शनिबार जिल्ला सदरमुकाममा उज्यालो नेपाल पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा प्रसाद जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलाले नयाँ कमिटी गठन गरेको हो।

CNA

भेलाले संगिता भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

Bohora ma 1

उपाध्यक्षमा खडकबहादुर थापा र तेजबहादुर चुनारा, सचिवमा सुरेन्द्र मल्ल र सहसचिवमा राजन कैनी र जसमिन भट्ट चयन भएका छन्।

त्यस्तै कोषाध्यक्षमा अन्जु ताम्राकारलाई जिम्मेवारी दिइएको छ।

सदस्यहरूमा छत्रराज जोशी, हरिसिंह भण्डारी, देवदत्त भट्ट, रोशनी ताम्राकार, राजेन्द्र जैशी, नविन धामी, टंकप्रसाद अवस्थी, सर्शीकला धामी, कविराज अवस्थी, शान्ती साउँद, डम्बर भट्ट, सारीका लुहार, मदनराज पनेरु, लालबहादुर बुढाएर, नरबहादुर पाल, दुर्गा पाठक र राजेन्द्र पाण्डेलगायत चयन भएका छन्।

जेन्जीलाई प्राथमिकता दिएर कमिटी गठन गरिएको पार्टीले जनाएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.