बोहरा मेडिको सेन्टर

सुदूरपश्चिममा रास्वपाको समानुपातिक उम्मेदवार सूची सार्वजनिक, कुुन जिल्लाबाट को ?

dream cafe
learnar

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

पार्टीले समुदायगत समावेशीता, जिल्लागत सन्तुलन र नयाँ पुस्तालाई प्राथमिकता दिँदै खस आर्य, थारु र दलित समुदायका उम्मेदवारहरूलाई सूचीमा समेटेको हो।

CNA

डोटीबाट यज्ञराज जोशी, कैलालीबाट कुन्न नारायण चौधरी (थारु), केशवराज भट्ट, अन बहादुर न्यौपाने, अछामबाट सेतीराम भण्डारी, बाजुराबाट नवराज जैसी, रमेश चदारा (दलित), दार्चुलाबाट जनकराज पन्त, भनसिंह धामी, कञ्चनपुरबाट अर्जुन प्रसाद भण्डारी, भरत बहादुर कार्की, विजय जैरू (दलित), बैतडीबाट कृष्णराज पन्त, कैलालीबाट मिनराज न्यौपाने परेका छन्।

Bohora ma 1

यसैगरी  कञ्चनपुरबाट चन्द्रा ऐर चाँदनी, प्रतिभा रावल, गीता चौधरी (थारु), डोटीबाट जानीका जोशी, बाजुराबाट चेतना कुमारी विष्ट, अछामबाट टिका संगौला (ज्वाला), रत्ना थापा, बझाङबाट अनिता भट्ट जाप्रेल, कैलालीबाट करिष्मा कठरिया (थारु), सृष्टि महरा र यम माया ढकाल प्रस्तावित गरिएको छ।

सार्वजनिक सूची प्रारम्भिक मात्र हो र अन्तिम निर्णय पार्टीको केन्द्रीय छानोट समितिको प्रक्रिया पूरा भएपछि टुंगो लाग्ने बताइएको छ।

जसका लागि सुदूरपश्चिम प्रदेशका लागि दीपकराज बोहरा, ध्रुव गिरी र प्रकाश बिष्टलाई जिम्मेवारी दिइएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.