डडेल्धुराको चुनावी भिडन्त : देउवाविरुद्ध को–को मैदानमा ?

learnar

डडेल्धुरा : डडेल्धुरा जिल्लामा प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने लगभग पक्का भइसकेको छ।

Ird

देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै आएका छन्। यसपटक पनि नेपाली काँग्रेस डडेल्धुराले उनलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ।

जिल्लाका अधिकांश काँग्रेस नेताहरूले देउवा बाहेक अरू उम्मेदवारले डडेल्धुराबाट चुनाव जित्न कठिन हुने भन्दै उनलाई “अन्तिम पटक” चुनाव लड्न आग्रह गरेका थिए।

देउवा आठौँ पटक डडेल्धुराबाट चुनावी मैदानमा उत्रने भएपछि उनको प्रतिस्पर्धी को–को हुने भन्ने विषयले जिल्लाको राजनीतिक वृत्तमा चासो बढाएको छ।

देउवाविरुद्ध सम्भावित प्रतिस्पर्धीहरू

डा. ताराप्रसाद जोशी

डा. जोशी सुदूरपश्चिम प्रदेश सभाका सांसद हुन्। अघिल्लो प्रदेश सभा निर्वाचनमा उनी डडेल्धुरा प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए।

उक्त निर्वाचनमा उनले वाम–लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार गोविन्दराज बोहरालाई पराजित गरेका थिए।

कम्युनिस्ट विचारधाराबाट राजनीतिमा आएका जोशी हाल कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’मा आबद्ध छन्।

भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमफिल र विद्यावारिधि (पीएचडी) गरेका जोशी जिल्लामा सादगी र फरक छविका नेताका रूपमा चिनिन्छन्। उनी प्रतिनिधि सभामा देउवाविरुद्ध चुनाव लड्ने मनसायमा छन्।

खगराज भट्ट

डडेल्धुराको राजनीतिमा चिरपरिचित नाम हुन् खगराज भट्ट। नेपाली कम्युनिस्ट पार्टीका नेता भट्ट हाल सुदूरपश्चिम प्रदेश सभा सदस्य छन्।

Ghatal Sta

अघिल्लो प्रदेश सभा निर्वाचनमा उनी डडेल्धुरा क्षेत्र नम्बर क बाट विजयी भएका थिए।

भट्ट यसअघि प्रतिनिधि सभामा शेरबहादुर देउवासँग तीन पटक पराजित भइसकेका छन्।

पहिलो पटक २०६४ सालको निर्वाचनमा उनी थोरै मतान्तरले देउवासँग हारेका थिए। यसपटक फेरि देउवासँगै चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा भट्ट छन्।

सागर ढकाल

गुल्मीका स्थायी बासिन्दा इन्जिनियर सागर ढकालले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिएका थिए।

देउवालाई हराउने अठोटसहित मैदानमा उत्रिएका ढकालले १३ हजारभन्दा बढी मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका थिए।

यसपटक पनि उनी डडेल्धुराबाट पुनः चुनाव लड्ने तयारीमा छन्।

कर्णबहादुर मल्ल

नेपाली काँग्रेसबाट कारबाहीमा परेपछि ‘नेपाली काँग्रेस (बीपी)’ गठन गरेका नेता हुन् कर्णबहादुर मल्ल। उनी हाल काँग्रेस बीपीका वरिष्ठ उपसभापति छन्।

लामो समय शेरबहादुर देउवाका स्वकीय सचिवका रूपमा काम गरेका मल्लले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा देउवासँगै प्रतिस्पर्धा गरेका थिए।

तर तेस्रो स्थानमा सीमित भए। प्रदेश सभा सांसदसमेत भइसकेका मल्ल यसपटक फेरि प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन्।

पठानसिंह बोहरा

नेकपा एमालेका केन्द्रीय सदस्य पठानसिंह बोहरा २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेश सभा ‘क’ बाट विजयी भई मन्त्रीसमेत बनेका थिए।

२०७९ को निर्वाचनमा सोही क्षेत्रबाट माओवादी केन्द्रका नेता खगराज भट्टसँग पराजित भएका बोहरा यसपटक एमालेबाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने सम्भावना रहेको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.