बोहरा मेडिको सेन्टर

एमाले डडेल्धुराका यी हुन् केन्द्रीय सदस्यका उम्मेदवार, को कुन टिमबाट ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराबाट ३ जनाले केन्द्रीय कमिटी सदस्यको लागि दाबेदारी प्रस्तुत गरेका छन्।

एमालेको काठमाडौंमा मंसिर २७ देखि २९ गतेसम्म हुन गइरहेको अधिवेशनमा ३ जनाले केन्द्रीय सदस्यमा दाबेदारी प्रस्तुत गरिरहेका हुन्।

CNA

केन्द्रीय सदस्यमा एमालेका केन्द्रीय कमिटी सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गजेद्रबहादुर शाही र चक्र स्नेहीले दाबेदारी प्रस्तुत गरिरहेका छन्।

एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने चर्चा चुलिएपनि उनी खुलेका छैनन्। उनको उम्मेदवारी अनिश्चित रहेको बताइन्छ।

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिका रुपमा सात जना रहेका छन्। पाँच जनालाई छनोट गरिएको हो भने पठानसिंह केन्द्रीय सदस्य र तारा खाती र किसान महासंघकी केन्द्रीय सचिव भएकोले विद्यान अनुरुप प्रतिनिधि बनेका हुन्।

Bohora ma 1

अन्य प्रतिनिधिमा युवाबाट ज्ञानेन्द्रसिंह भाट र महिलाबाट कृष्णा ओझा प्रतिनिधिका रुपमा रहेका छन्।

विगत एमालेमा डडेल्धुरामा दुई गुट थिए। तर, साविकको नेकपा एस टुक्रिएपछि एमाले डडेल्धुराले गुट नरहेको दाबी गर्दै आएको छ। तर, महाधिवेशन प्रतिनिधि छनोटमा गुटको राजनीति प्रष्ट देखिन्थ्यो।

केन्द्रीय सदस्यका उम्मेदवार पठानसिंह  जिल्लामा ओली निकट मानिए पनि उनी कर्ण थापाको मान्छे भएका बताइन्छ। उनी मन्त्री हुँदा पनि थापाले नै बनाएको चर्चा चलेको थियो।

शाही डडेल्धुराका एमाले बृत्तमा पाका र सिनियर नेताका रुपमा गनिन्छन्।

उनी यसपटक ओली टिमबाट केन्द्रीय सदस्यको टिकट पाउने प्रवल सम्भावना रहेको एक नेताले बताए। स्नेहीले पनि ओली निकट भने पनि उनीलाई ओलीले स्विकार नगरेको चर्चा एमाले बृत्तमा सुनिन्छ।

ती नेताका अनुसार बोहरा र शाही  मध्ये एक जनाले मात्रै टिकट पाउने भएकोले टिकट नपाउनेहरु इश्वर पोखरेलको लाइनमा देखिने तयारी गरिरहेका छन।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.