भीम रावलसँग कांग्रेस विपीका नेताकाे भेट, देउवाबिरुद्ध बैकल्पिक शक्ति एकजुट हुने !

dream cafe
learnar

डडेल्धुरा :  कांग्रेस (विपी) डडेल्धुराका नेता–कार्यकर्ताले नेकपाका नेता डा. भीम रावलसँग भेट गरेका छन्।

नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका रावललाई पार्टी सभापति भरत नेपाली, नेता हरि भट्टलगायतको टोलीले भेट गरेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

भेटका क्रममा नेता रावलले कांग्रेस (विपी) का नेता-कार्यकर्तालाई नेकपामा आउन आग्रह गरेको एक नेताले बताए।

ती नेताको अनुसार डा. रावलले मातृभूमि जागरण अभियान सञ्चाालनको समयमा पार्टीका बरिस्ठ उपसभापति कर्णबहादुर मल्लले सहकार्य गर्ने आश्वासन दिएकोले रावलले नेकपामा आउन आग्रह गरेका थिए।

रावलले डडेल्धुरामा पुनः शेरबहादुर देउवा चुनाव लड्ने चर्चा चलेको उल्लेख गर्दै, अब वैकल्पिक शक्ति एकजुट भएर चुनावी प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका थिए।

रावलले देउवाको दीर्घ राजनीतिक वर्चस्व अन्त्य गर्न सबै परिवर्तन चाहने शक्ति एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएको भेटमा सहभागी अर्को नेताले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.