बोहरा मेडिको सेन्टर

डडेल्धुराबाटै सुरु हुँदै छ नेकपाको सुदूरपश्चिमव्यापी एकता सन्देश यात्रा

dream cafe
learnar

डडेल्धुरा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले डडेल्धुराबाट सुदूरपश्चिममा ‘वृहत् एकता सन्देश अभियान’ सुरु गर्ने भएको छ।

आज (शनिबार) माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरूको सहभागितामा सम्पन्न तयारी बैठकले मंसिर २४ गते डडेल्धुराको बसपार्कमा अभियानको औपचारिक उद्घाटन सभा गर्ने निर्णय गरेको हो।

CNA

कार्यक्रमलाई प्रभावकारी बनाउन उमेश भट्ट ‘विकास’ संयोजक र  कबिन्द्र बिष्ट सह संयोजक रहने गरि मूल आयोजक समिति गठन गरिएको छ।

Bohora ma 1

साथै आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा, मञ्च व्यवस्थापन र स्वयंसेवक उपसमितिहरू बनाएर तयारीलाई थप गति दिइएको छ।

मुल आयोजक समितिका संयोजक भट्टका अनुसार सुदूरपश्चिमका सबै जिल्लामा फैलिने एकता सन्देश अभियानको सुरुआत बिन्दु डडेल्धुरा नै तोकिएको हो।

एकता र सहकार्यको सन्देश डडेल्धुराबाटै फैलिने उनको भनाइ छ।

सभामा प्रमुख अतिथि भीम रावल रहनेछन् भने खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाहलगायत शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

सहसंयोजक बिष्टका अनुसार डडेल्धुराबाट सुरु हुने यो अभियानले कम्युनिस्ट शक्तिहरूबीचको एकता, समन्वय र राजनीतिक भरोसालाई सुदूरपश्चिमभर नयाँ उचाइमा पुर्‍याउने छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.