बोहरा मेडिको सेन्टर

कर्णबहादुर रास्वपाबाट चुनाव लड्ने हल्लापछि रास्वपा डडेल्धुराले भन्यो : ‘हल्लाको पछि नलाग्नुस्’

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डडेल्धुरामा आगामी प्रतिनिधि सभा निर्वाचन लड्न सक्ने चर्चा फैलिँदै गर्दा रास्वपा डडेल्धुराले औपचारिक रूपमा ‘हल्लाको पछि नलाग्न’ आग्रह गरेको छ।

रास्वपा डडेल्धुराका संगठन विभाग प्रमुख बसन्त पाण्डेयले हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्।

CNA
Bohora ma 1

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरि झैं डडेल्धुरा जिल्लामा पनि आफ्नो कार्यविधिअनुसार नै जेन्जी आन्दोलनको भावना अनुरूप योग्य, सक्षम, निर्विवाद युवा उम्मेदवार चयन गर्नेछ। बाँकी हल्लाकाे पछाडि दौडिएर उम्मेद्वारीबारे भ्रम नफैलाउन र यस्ता भ्रममा नपर्न सबै जिल्लावासी समुदायमा बिनम्र अनुरोध गर्दछौं ! आधिकारिक कुरामा मात्रै बिश्वास गरौं।’

केही दिनअघि मात्रै रास्वपा सभापति रवि लामिछाने भेट्न मल्ल नख्खु कारागार पुगेका थिए।

कारागारबाट फर्किएपछि पत्रकारसँग कुरा गर्दै उनले घण्टी चुनाव चिन्हबाट डडेल्धुरामा उम्मेदवार बन्न सक्ने संकेत गरेका थिए भने रास्वपामा प्रवेश नगर्ने बताएका थिए। गत प्रतिनिधि सभाको निर्वाचनमा उनी तेस्रो भएका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.