धनगढीबाट प्रचण्डले भने : संसद पुनःस्थापनाको कुरा बेमौसमको बतास जस्तै हो

dream cafe
learnar

धनगढी : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन देशको निकासको मुख्य मार्ग भएकोले निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न अपिल गरेका छन्।

धनगढीमा शुक्रबार आयोजित सन्देश सभामा उनले देशलाई स्थिरता दिने मार्ग निर्वाचन भएको उल्लेख गर्दै विगतमा संसद विघटनमा संलग्न भएकाहरूले अहिले पुनः स्थापनाका कुरा उठाउनु बेमौसमको बतास जस्तै भएको टिप्पणी गरे।

Ird

एमाले नेतृत्वतर्फ इङ्गित गर्दै उनले भने, ‘देशलाई उल्टो बाटोमा लैजाने दम्भी र अहंकारी प्रवृत्तिलाई जनता आफैँले सबक सिकाउने बेला आएको छ।’

जेनजी युवाहरूका मागहरू जायज रहेको दोहोर्याउँदै उनले भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले बल प्रयोग गरेर गलत गरेको टिप्पणी गरे। सरकारले आन्दोलनमाथि बल प्रयोग गरेको घटनालाई उनले ‘नरसंहार’का रूपमा चित्रित गरे।

HARDIK AGRo NEw

प्रचण्डले भने, ‘हामीले आफ्नै छोराछोरी, नातिनातिनातर्फ पर्याप्त ध्यान दिन सकेनौं। उनीहरू इन्टरनेट र एआईको नयाँ संसारमा पुगे। हामी सबैले घर-परिवारबाटै युवालाई इतिहास, राष्ट्र र समाजबारे शिक्षित बनाउनै पर्छ।’

देश गम्भीर राजनीतिक मोडमा पुगेको बेलामा वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अपरिहार्य भएको पनि बताए। प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकता भएको दाबी गरे। एकताले देशभर नयाँ ऊर्जा पैदा गरेको उनको भनाई छ।

‘देशमा फेरि संकट दोहोरिन नदिन वाम-देशभक्तहरूको ठूलो एकता आवश्यक छ,’ प्रचण्डले भने, ‘अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्रीय-भन्नुपर्ने आवश्यकता छैन। सबै नेपाली कम्युनिष्ट। यही भावनाअनुसार पार्टीको नाम राखिएको हो।

प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे।

गणतन्त्र स्थापना पश्चात् सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उनको भनाई थियो।

‘सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ। त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौं,’ प्रचण्डले भने।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.