बोहरा मेडिको सेन्टर

नेकपा एस डडेल्धुरा ‘नेपाली कम्युनिष्ट पार्टी’मा समाहित

dream cafe
learnar

डडेल्धुराः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) डडेल्धुरा जिल्ला कमिटीले पार्टी एकता अभियानलाई जिल्लाबाटै सशक्त सन्देश दिँदै नेपाली कम्युनिष्ट पार्टी पूर्ण रुपमा समाहित हुने निर्णय गरेको छ।

Bohora ma 1

सोमबार बसेको जिल्ला कमिटीको बैठकले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सबल बनाउने उद्देश्यसँगै केन्द्रले अघि सारेको एकता तथा पुनर्गठन प्रक्रियालाई पूर्ण स्वीकार गर्दै जिल्लाका सम्पूर्ण संरचना नयाँ निर्मित पार्टीमा लैजाने निर्णय गरेको हो।

CNA

पार्टी अध्यक्ष कविन्द्र बिष्टले जिल्लाबाट आएको सर्वसम्मत निर्णयले नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको जानकारी दिए।

जिल्ला अध्यक्ष बिष्टको अध्यक्षतामा बसेको उक्त बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर बिष्ट, जिल्ला सह–इन्चार्ज सकुन्तला नगरकोटी, प्रदेशस्तरका प्रतिनिधि, जिल्ला पदाधिकारी तथा जनवर्गीय संगठनका प्रमुखहरूको सहभागिता थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.