बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमको ‘एकता सन्देश सभा’, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

dream cafe
learnar

धनगढी : नेपाली कम्युनिष्ट पार्टीले मंसिर १२ गते धनगढीमा आयोजना गर्ने ‘एकता सन्देश सभा’मा पार्टी संयोजक पुस्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले सम्बोधन  गर्ने  भएका छन्।

सभालाई भव्य र प्रभावकारी बनाउन नेता डा. भीम रावलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको र १३ वटा उप–समितिमार्फत तयारी तीव्र पारिएको रावलले बताए।

CNA
Bohora ma 1

उनका अनुसार देशभर एकताको सन्देश फैलाउने उद्देश्यले आयोजित यो सभा सुदूरपश्चिममा महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेिइएको छ।

नेपाली कम्युनिष्ट पार्टीले शनिबार धनगढीमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित एकता प्रक्रियामा आएका घटकका प्रदेश स्तरका पदाधिकारी, जनप्रतिनिधि र अगुवा नेतासँग विस्तृत छलफलसमेत गरेको थियो।

रावलका अनुसार प्रदेशस्तरीय सभापछि क्रमशः जिल्ला र पालिकास्तरमा पनि एकता सन्देश सभा सञ्चालन गरिँदै जानेछ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.