बोहरा मेडिको सेन्टर

‘ताजा जनादेशमा जान तयार छौं’

dream cafe
learnar

धनगढी: नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीमबहादुर रावलले आफूहरू ताजा जनादेशमा जान तयार रहेको बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

CNA

आगामी फागुन २१ गतेको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी नेपाली जनताको साथ समर्थन लिएर बहुमत ल्याएर स्थापित भएर राज्य सञ्चालन गर्ने बताए।

Bohora ma 1

उनले निर्वाचनका लागि अहिलेको अन्तरिम सरकारले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने जिकिर गरे।

धनगढीमा पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उनले मतदाताले स्वतन्त्र भएर भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने बताए।

उनले भने, “सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ। तर, जेलबाट भागेका कैयौँ कैदीबन्दी बाहिर नै छन्। कयौँ थान गोली, बन्दुक अझै राज्यको नियन्त्रणमा आइसकेको छैन्। देशलाई अहिलेको विषम परिस्थितिमा राष्ट्रलाई बचाउनका लागि, नेपाली जनतालाई कष्टबाट जोगाउनका लागि, नेपाली जनताको स्वाधीनता, राष्ट्रको अखण्डताको रक्षाका लागि लाग्नु पर्ने बेला आएको छ।”

नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा गर्ने भएको छ।

त्यसैको तयारीका लागि छलफल कार्यक्रम आयोजना गरेको जनाइएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.