७ मुद्दामा बात लागेका पुष्पराज बने, ‘नेशनल भोलिन्टियर्स फोर्स’ कमान्डर

dream cafe
learnar

काठमाडौं : नेकपा एमालेले शुक्रबार ‘नेशनल भोलिन्टियर्स फोर्स’ गठन गरेको छ । तर अध्यक्ष केपी शर्मा ओलीले यो फोर्सको कमान्डरका रूपमा ज्यान मार्ने उद्योगदेखि अपहरणसम्म सातवटा मुद्दा खेपिरहेका पुष्पराज श्रेष्ठलाई चयन गरेका छन् ।

बबरमहलस्थित एक बान्‍क्वेटमा आयोजित कार्यक्रममा प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शेरधन राईलगायत शीर्ष नेताहरू मञ्चमा रहँदा ओलीले श्रेष्ठलाई औपचारिक रूपमा नेतृत्व सुम्पिएका थिए ।

Ird
HARDIK AGRo NEw

भानुभक्त ढकालले ओलीको उपस्थितिमै सिन्धुलीका श्रेष्ठ नेतृत्वमा ११ सदस्यीय फोर्स घोषणा गरे ।

श्रेष्ठ यसअघि एमालेको युवा दस्ता ‘युथ फोर्स’मा सक्रिय थिए ।

अब उनी नयाँ फोर्सको कमान्डमा रहेका छन् । तर प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) हेर्दा, उनीविरुद्ध २०६३ देखि २०७५ सम्म चार ज्यान मार्ने उद्योग, दुई सार्वजनिक अपराध र एक अपहरण/शरीर बन्धकसहितका मुद्दा दर्ता भएका देखिन्छन् ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.