बोहरा मेडिको सेन्टर

कुलमानको उज्यालो नेपाल पार्टीमा सांसद जोशी समावेश

dream cafe
learnar

डडेल्धुरा : हाल ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा सक्रिय भूमिका खेल्ने तयारी स्वरूप पुनर्गठित उज्यालो नेपाल पार्टीमा डडेल्धुराका प्रदेश सभा सदस्य डा. तारा जोशी पनि समावेश भएका छन्।

साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा दर्ता भएको उज्यालो नेपाल पार्टीले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गर्दै अध्यावधिक विवरण निर्वाचन आयोगमा बुझाएको छ।

CNA
Bohora ma 1

निर्वाचन आयोगमा डडेल्धुरा प्रदेश सभा–२ का स्वतन्त्र सांसद डा. तारा जोशी, प्राध्यापक डा. महेन्द्र लावती, सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा, खड्गबहादुर बस्नेत र टासी ल्हाजोमलगायतको नाम समावेश गरिएको छ।

जोशीको जनपक्षीय छवि र स्वच्छ राजनीतिप्रतिको प्रतिबद्धताले पार्टीलाई सुदूरपश्चिममा बलियो आधार बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

पूर्वसचिव अनुप उपाध्यायको अध्यक्षतामा पुनर्गठित यो पार्टीले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउने तयारी गरेको छ।

उक्त पार्टीमा हाल सांसद तारा जोशीलाई समावेश गरिएपछि सुदूरपश्चिममा उज्यालो नेपाल पार्टीप्रतिको चासो बढेको देखिन्छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.