परिवर्तनको भ्रम : युवा उठे, तर प्रणालीले फेरि धोका दियो

dream cafe
learnar
  • आशिष पन्त

यो देश केवल भौगोलिक रेखामा सीमित नाम होइन। यो हामी सबैको पहिचान हो। हामीले यो देश केवल जन्मस्थानको रूपमा पाएका होइनौं, बलिदानको इतिहास का रूपमा पाएका हौं।

बोहरा मेडिको सेन्टर

हाम्रा पुर्खाहरूले रगत बगाएर ल्याएको स्वतन्त्रता आज पनि हाम्रो खुनमा बगिरहेको छ। तर, जब त्यो स्वतन्त्रताको मूल्य सम्झाउने बेला आउँछ, प्रणाली हरेक पटक हामीलाई धोका दिन्छ।

हरेक पुस्ताले ‘अब परिवर्तन हुन्छ’ भनेर आशा गर्छ। र, हरेक पटक नेतृत्वले त्यो आशालाई बेइज्जतीमा बदलिदिन्छ।

यही पीडाको प्रतिक्रिया थियो। सेप्टेम्बर ८–९, २०२५ को जेन्जी आन्दोलन, जहाँ नयाँ पुस्ताले अन्ततः निर्णय ग¥यो कि अब मौन बस्ने छैन। त्यो आन्दोलन केवल विरोध थिएन।

त्यो एउटा पुस्ताको घोषणा थियो। लाखौं युवाहरूले सडकमा नारा दिए, हातमा झण्डा लिए, र मनमा देशको सपना बोके। हाम्रो माग सरल र न्यायिक थियो।

सत्य, पारदर्शिता र जवाफदेहिता। हामीले कुनै सत्ता हत्याउन चाहेका थिएनौं, केवल न्यायको ढोका खोल्न चाहेका थियौं। तर प्रणालीले हामीलाई गोलीले जवाफ दियो।

प्रहरीको गोलीले युवाहरूले रगत सडकमा बगायो, सयौं घाइते भए, र हजारौंको मनमा सधैंका लागि क्रान्तिको बीउ रोपियो।

देशले फेरि आफ्ना सन्तानहरूलाई गुमायो, र सत्ताधारीहरूले फेरि माइकमा भाषण दियो। ‘हामी परिवर्तन गर्छौं’ भनेर। तर ती शब्दहरू हावामा हराए, किनकि सत्य यो हो, अनुहार फेरिए, तर चरित्र फेरिएन।

GBL NEW

अन्तरिम सरकार बनेको छ। नयाँ मन्त्री परिषद् खुलेको छ, नयाँ नारा आएको छ, तर देशले फेरि पुरानै धोका पाएको छ। ललिता निवास प्रकरणको फाइल अझै लुकाइएको छ।

वाइडबडी विमान काण्ड अझै अनुत्तरित छ, भुटानी शरणार्थी ठगी अझै धुलोमा गाडिएको छ। अरू दर्जनौं घोटाला, मेडिकल ठगीदेखि सुन तस्करी, यती सम्झौतादेखि एनसेल कर विवादसम्म अझै अन्योलमा छ र हजारौं फाइलहरू बन्द छन्।

सडकमा उठेको प्रश्नभन्दा टाढा, कसैको दराजमा थन्किएका छन्। हामीले आन्दोलन यसका लागि गरेका थिएनौं कि केवल दलको झण्डा बदलियोस्। हामीले आन्दोलन गरेका थियौं कि राज्यको चरित्र बदलियोस्।

तर फेरि देखियो, दलहरूको खेलमा जनताको सपना बलि चढाइन्छ। नेताहरूले ‘परिवर्तन’ लाई नारा बनाउँछन्। ‘नयाँ नेपाल’ लाई भाषण बनाउँछन्।

उनीहरू जनताको रगतलाई आफ्नो राजनीतिक नाटकको रंगको रूपमा प्रयोग गर्छन्। अनि हामी–हामीलाई चाहिने कुरा केवल एकचोटी न्याय र जवाफदेहिता। हामीलाई नेताको नाम होइन, काम चाहिन्छ, भाषण होइन, व्यवहार चाहिन्छ।

आउँदो चुनावले अब पुराना खेललाई पास दिनेछैन्। हाम्रो मतले इमान्दार, देशप्रेमी र जवाफदेही नेतृत्वलाई प्राथमिकता दिइरहेको छ।

यो केवल योजना वा प्रतिज्ञा होइन। यो युवा चेतना र सक्रियताको विजयी वास्तविकता हो। हाम्रो दृष्टि स्पष्ट छ।

नेपाल न्यायपूर्ण, पारदर्शी, भ्रष्टाचारमुक्त र युवा केन्द्रित राष्ट्र बनेको छ, र यसलाई हामीले पहिले नै निर्माण गरिरहेका छौं। अब हामी केवल प्रतीक्षामा बस्दैनौं; हामी दृढता, शक्ति र दृष्टिकोणको माध्यमबाट भविष्य लेख्दैछौं।

हामी जेन्जी हौं। हामी ती युवा हौं जसले केवल देश माया गर्दैनौं, त्यसको इज्जत पनि जोगाउँछौं। हामी ती युवा हौं जसका लागि देशभक्ति अब भावनामा होइन, कार्यमा हुन्छ।

हामीले सुरु गरेको आन्दोलन केवल एउटा विरोध होइन। त्यो नेपालको पुनर्जागरणको शुरुवात हो। हामीले बोल्दैनौं भने, को बोल्ने? हामीले उठ्दैनौं भने, को उठ्ने? अब धोका दिने प्रणालीको अन्त्य अनिवार्य छ।

सत्य र न्यायको विजय नभएसम्म यो क्रान्ति रोकिने छैन। किनकि हामीले बुझेका छौं, देश मर्नु भनेको जनता मौन हुनु हो। र हामी मौन हुने पुस्ता होइनौं।

Ddl dental
Leave A Reply

Your email address will not be published.