बोहरा मेडिको सेन्टर

भीम रावल नेकपामा मिसिन तयार, आन्तरिक छलफल तीव्र

dream cafe
learnar

डडेल्धुरा : नेकपा (एमाले) बाट निष्कासनपछि केही समयदेखि राजनीतिकरूपमा लोप्रोफाइलमा रहेका डा. भीमबहादुर रावलले नयाँ वाम एकतामा समाहित हुने संकेत देखाएका छन्।

रावल नेतृत्वको मातृभूमि जागरण अभियान निकट स्रोतका अनुसार यसबारे समूहभित्र आन्तरिक छलफल तीव्र बनेको छ।

CNA

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका वामपन्थी दलहरूको समन्वयमा बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत रावल एकतामा आउन नजिक रहेको बताएका हुन्।

माओवादी केन्द्रको तत्कालीन महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा प्रचण्डले भनेका थिए।

‘अहिलेसम्म १० समूह एकतामा आएका छौं, घोषणा कार्यक्रमसम्म ११/१२ पुग्ने छ। भीम रावलज्यूहरू पनि एकतामा आउने कुरा छ।’

Bohora ma 1

तर, तत्कालका लागि रावल समूह औपचारिक रूपमा एकतामा पुगेको छैन। निर्णय प्रक्रिया समूहगत सहमति र आन्तरिक विमर्शमा केन्द्रित भइरहेका कारण केही समय लाग्ने संकेत छ।

रावलले भने, ‘निर्णय भइसकेको छैन, तर सकारात्मक ढंगले छलफल अघि बढेको छ।’

जानकारीअनुसार कात्तिक १८ गते रावल, प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। भेटमा रावललाई सम्मानपूर्वक नयाँ संरचनामा सहभागी हुन अनुरोध गरिएको थियो।

तर रावलको प्रतिक्रिया यसरी आएको बताइन्छ। ‘म एक्लैले भने भनेर हुँदैन, हाम्रो समूह पनि ठूलो बन्दै गएको छ। समूहका नेताहरूसँग छलफल नगरी निर्णय गर्न मिल्दैन।’

हाल रावलले सो भेटबारे आफ्ना नजिकका नेताहरूसँग क्रमशः परामर्श जारी राखेका छन्।

‘अस्ति भएको छलफलबारे समूहमा कुरा राखेको छु। साथीहरूको राय बुझिरहेको छु। अझै केही दिन छलफल चल्छ। त्यसपछि आधिकारिक निर्णय गर्छौं, रावलले भने।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.