बोहरा मेडिको सेन्टर

भीम रावल एकता प्रक्रियामा आइरहेको प्रचण्डको दाबी

dream cafe
learnar

काठमाडौँ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावललाई समेत पार्टी एकता प्रक्रियामा जोड्ने प्रयास भइरहेको बताएका छन्।

मंगलबार प्रज्ञाभवन, कमलादीमा बसेको महाधिवेशन आयोजक समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा टुटेका कडीहरू फेरि जोडिन लागेका बताए।

CNA
Bohora ma 1

‘माओवादीको यो अन्तिम बैठक हो। भोलिदेखि ऐतिहासिक एकता प्रक्रियामा प्रवेश गर्छौं। विगतमा छुटिएका साथीहरू फिर्ता आउनेछन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘डा. भीम रावल पनि एकतामा सामेल गराउने विषय अन्तिम चरणमा पुगेको छ।’

उनले प्रस्तावित एकताले समाजवादी क्रान्तिको दिशातर्फ अग्रसर हुने युगीन पहल हुने दाबी गरे।

बुधबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका अन्य वामपन्थी दलहरूबीच पार्टी एकता घोषणा हुने तयारी छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.