बोहरा मेडिको सेन्टर

माओवादी केन्द्र र नेकपा एसबीच एकताको तयारी, वामदलभित्र हलचल

dream cafe
learnar

डडेल्धुरा : नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको तयारी तीव्र बनेसँगै वाम राजनीतिमा हलचल देखिएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच तिहार आसपासमा पार्टी एकता गर्ने सहमति भएको बताइन्छ। पार्टीको नाम ‘समाजवादी केन्द्र’ राख्ने प्रस्तावसमेत छलफलमा छ।

CNA
GBL NEW

तर, पार्टीभित्र छलफल नगरी शीर्ष नेताहरूले एकताको निर्णय गर्न लागेको भन्दै दुबै दलभित्र असन्तुष्टि बढेपछि प्रचण्ड सचिवालयले अन्तिम निर्णय नभएको विज्ञप्ति जारी गरेको छ।

यसबीच विप्लव नेतृत्वको नेकपामा पनि चासो बढेको छ। विप्लवले ‘एकता विचार, सिद्धान्त र जीवन व्यवहारमा आधारित हुनुपर्छ’ भन्दै माओवादी नेताहरूको विलासी जीवनशैलीप्रति संकेत गरेका छन्।

नेकपा (एस)का उपाध्यक्ष प्रकाश ज्वालाले एकता वार्ता सकारात्मक रहेको बताए पनि घनश्याम भुसाल र रामकुमारी झाँक्रीजस्ता नेताहरूले असहमति जनाएका छन्। माओवादी केन्द्रभित्र पनि जनार्दन शर्मा पक्षले प्रचण्ड नेतृत्व लम्ब्याउने प्रयत्न भन्दै आलोचना गरेको छ।

विप्लव, भुसाल र शर्मा पक्षीय नेताहरूले वाम पुनर्गठनको नयाँ बहस अघि सारेका छन्। माओवादीबाट अलग भएका मोहन वैद्य, बाबुराम भट्टराई, गोपाल किराती र आहुतीहरू आ–आफ्नो बाटोमा छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.