बोहरा मेडिको सेन्टर

बैंकर्स क्लब डडेल्धुराको नयाँ कार्यसमिति चयन, अध्यक्षमा जोशी

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा क्रियाशील बैंकका कर्मचारीहरूको साझा संस्था बैंकर्स क्लब डडेल्धुराले नयाँ कार्यसमिति चयन गरेको छ।

आज सम्पन्न वार्षिक साधारणसभाबाट राष्ट्रिय वाणिज्य बैंक डडेल्धुरा शाखाका प्रमुख प्रभुराज जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

CNA

नवगठित कार्यसमितिमा ग्लोबल आइएमई बैंक डडेल्धुराका शाखा प्रमुख वीरेन्द्रकुमार शाही उपाध्यक्षमा चयन भएका छन्।

GBL NEW

सिटिजन बैंकका हेमराज जोशी सचिव, सानिमा बैंक डडेल्धुराका विक्रम शाही सह–सचिवमा चयन भएका छन्।

त्यस्तै, कुमारी बैंककी मनिसा दियाल कोषाध्यक्ष र सदस्यहरूमा नेपाल एसबिआई बैंकका सन्तोष अवस्थी, एनआईसी एशिया बैंकका ज्ञानेन्द्र भट्ट, सिद्धार्थ बैंकका अर्जुन कुमार पन्त र शैलेन्द्र अवस्थी, एनएमबी बैंकका रुपसिंह ऐर तथा नविल बैंकका धनबहादुर साउँद रहेका छन्।

नयाँ कार्यसमितिको कार्यकाल एक वर्षको हुनेछ।

वि.सं. २०७५ सालमा स्थापना भएको बैंकर्स क्लब डडेल्धुराले जिल्लाभरका बैंककर्मीहरूको हकहित संरक्षण, पेशागत विकास र आपसी समन्वयका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.