सेनाको सुरक्षाबाट बाहिरिए ओली

dream cafe
learnar

काठमाडौँ : निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन्।

भदौ २४ गते जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै बालुवाटार छाडेका थिए । त्यसयता उनी शिवपुरीमा सेनाको सुरक्षामा बस्दै आएका थिए ।

Ird
HARDIK AGRo NEw

सुरक्षा स्रोतले दिएको जानकारी अनुसार ओली हाल गुन्डु क्षेत्रमा बसिरहेका छन् । आन्दोलनका क्रममा ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो।

ओली सेनाको सुरक्षाबाट बाहिरिए पनि यसबारे पार्टीले औपचारिक जानकारी दिएको छैन। यसअघि, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाललगायत सुरक्षाबाट बाहिरिइसकेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सुरक्षा घेरमा नै उपचाररत छन् । आन्दोलनका क्रममा उनीमाथि हातपात भएको थियो ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.