बोहरा मेडिको सेन्टर

‘मलाई जबरजस्ति निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’

dream cafe
learnar

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका छन्। आफूलाई ‘कस्टडी’मा राख्नका लागि सुरक्षा प्रमुखहरुलाई भनेको उनको दावी छ।

रवि लामिछानेले फेसबुक लाइभमा आएर भनेका छन्, ‘म आफूले चाहेर निस्किएको होइन। सुरक्षा दिन सकिन्न भनेर मलाई जबरजस्ति बाहिर निकालिएको हो । मलाई जस्तो पत्र दिइयो, जस्ताको तस्तै सार्वजनिक गरेको छु ।’

CNA

उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग आफूले कुरा गरेर फेरि थुन्न भनेको बताए।

Bohora ma 1

लामिछानेले भने, ‘तपाईंहरुले मलाई आफ्नो कस्टडीमा राख्नुस या कारागारमा पठाउनुस भनेर उहाँहरुलाई भनेँ। उहाँहरुले आफैं सुरक्षित बस्नुस, परेको बेला आफैं सम्पर्क गर्छौं भन्नुभयो । सुरक्षा दिन नसकेरै पत्र दिएको होला भन्ने कुरा गर्नुभयो।’

उनले आजै न्यायिक निकायहरुलाई पनि औपचारिक जानकारी गराएको बताए।

आफू सरकार बनाउने र सरकारमा दौडमा नरहेको उनले प्रष्ट पारे।

‘मेरो नाममा विवाद गर्नु जरुरी छैन। मलाई डिफेम गर्न पर्दैन। म यो रेसमा नै छैन। झूटो मुद्दा अझै खेपिरहेको छु। प्रहरीले आफैं सुरक्षित बस भन्छ। बाटोमा जा भन्छ। बाटोमा आगो लिएर बसेको भिड छ। अब भन्नुस मैले बाँच्न पाउने कि नपाउने ? कांग्रेस एमालेदेखि जेनजीसम्म आउँदा ममाथिको अन्याय नरोकिने नै हो त ?’ उनले प्रश्न गरे।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.