एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

dream cafe
learnar

काठमाडौंः  नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।

आज बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रकाश ज्वालाले यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन नमिल्ने बताए।

Ird
HARDIK AGRo NEw

जेन जी पुस्ताका युवाहरूको आन्दोलनबारे उनले भने, ‘सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गर्दछौ। नव युवाहरू (जेन जी) को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका जायज मागहरूको समर्थन गर्दछौँ ।’

सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासन विरोधि आन्दोलनको रूपमा अघि बढेको कुरा जायज रहेको बताए।

उनले भने, ‘सरकार हिंसात्मक दमनमा उत्रिएको छ। कुशासन र बेरोजगारीका लागि सडकमा आवाज उठ्नु स्वाभाविक हो र त्यसको सम्मान गर्दै अब राज्य जनतालाई सुशासन र रोजगारी दिने दायित्वबाट भाग्न पाउँदैन। आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लगेर आन्दोलनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरुपयोग हुन नदिन आन्दोलनकारी युवाहरूलाई अपिल गर्दछौँ ।’

अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गरी सामाजिक सञ्जाल खुलाउन माग गरेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.