बोहरा मेडिको सेन्टर

रुपन्देही उपनिर्वाचनमा रास्वपाका उम्मेदवार थापा को हुन् ?

dream cafe
learnar

डडेल्धुरा :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ।

पार्टीले साउन ७ गतेदेखि सुरु गरेको प्राइमरी इलेक्सन प्रक्रिया ८ चरणमा सम्पन्न गर्दै १५ भदौमा अन्तिम उम्मेदवार घोषणा गरेको हो।

CNA

रास्वपाको आह्वानपछि उपनिर्वाचनमा उम्मेदवारी दिन ९ जनाले आवेदन दिएका थिए।

ति मध्ये सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुशुम मर्हजन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी बनेका थिए।

सबैलाई छलफल, नेतृत्व मूल्याङ्कन, कार्ययोजना प्रस्तुत गर्नेसम्मका प्रक्रियाबाट गुजारेर अन्ततः थापा चयन गरिएको हो।

Bohora ma 1

भैरहवाको सिद्धार्थ नगरपालिका–९ अञ्चलपुरमा जन्मिएका डा. थापा एक प्रख्यात चिकित्सक, अभियन्ता र अनुसन्धानकर्मी हुन्।

उनले पोखरा मणिपाल कलेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी, र चितवन मेडिकल कलेजबाट डीएम न्युरोलोजी गरेका छन्।

हार्वर्ड विश्वविद्यालयबाट पनि उनले ‘सेफ्टी क्वालिटी लिडरसीप’मा स्नातक गरेका छन्।

उनले स्ट्रोक उपचारमा नेपालमै राष्ट्रिय प्रोटोकल ल्याउने पहल गरेका छन् र ८० भन्दा बढी अनुसन्धान पेपर प्रकाशित गरिसकेका छन्।

रास्वपाले पारदर्शी ढंगले उम्मेदवार छानेको दाबी गरेको छ। पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालका अनुसार यो नेपालको हालसम्मकै उन्नत अभ्यास हो।

मतदानमा पार्टी सदस्यले देश–विदेश दुवैबाट सहभागी भई उम्मेदवार चयन गरेका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.