सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नाउपाका कैलाश पक्षमा उभिँदा अरु गयल

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि उनलाई विश्वासको मत लिनु परेको थियो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

४५ सांसद उपस्थित रहेकोमा ३० जनाले मुख्यमन्त्रीको पक्षमा मत हालेका छन् भने १५ सांसदले विपक्षमा मतदान गरेका हुन्।

नाउपाका सात सांसदमध्ये एकमात्र कैलाश चौधरीले प्रदेशसभामा उपस्थित भएर मुख्यमन्त्री शाहको पक्षमा मतदान गरे।

बाँकी छ जना सांसद भने उपस्थित भएनन्।

यस विश्वासको मतमा कांग्रेसका १८ र नेकपा एमालेका ११ मत पनि मुख्यमन्त्रीको पक्षमा परेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.