बोहरा मेडिको सेन्टर

नाउपाको सत्ता संघर्ष : पत्नी रञ्जितालाई हटाएर पिता लालबीरलाई अध्यक्ष बनाउँदै रेशम

dream cafe
learnar

डडेल्धुरा: नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको नेतृत्व संकट चुलिंदै गएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी केही दिन नबित्दै, उनी स्वयं अध्यक्ष पदबाट हटाइएकी छन्।

CNA

पार्टी संरक्षक एवं उनका पति रेशम चौधरीले श्रेष्ठको एकल निर्णयप्रति असन्तुष्टि जनाउँदै बुधबार साँझको राष्ट्रिय भेलामार्फत अध्यक्ष पदबाट हटाउने घोषणा गरेका हुन्।

उनले अब आफ्ना पिता लालबीर चौधरीलाई पार्टीको नेतृत्व दिने संकेतसमेत गरेका छन्।

श्रेष्ठले आइतबार स्वास्थ्य कारण देखाउँदै पोखरा निवासी बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताइन्।

तर, पार्टीभित्रको असन्तुष्ट पक्षले यो निर्णयलाई ‘एकल र असंवैधानिक’ ठहर गर्दै तीव्र आलोचना गरेका थिए।

GBL NEW

शुक्रबार बहुमत केन्द्रीय सदस्यले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए।

सो दबाबपछि श्रेष्ठले बास्तोलालाई जिम्मेवारी दिएकी थिइन्। तर, पार्टी नियम विपरित भएको भन्दै रेशम चौधरी पक्षले त्यसलाई अस्वीकार गर्‍यो।

रेशम आफैं अर्की पत्नीका साथ बस्दै आएका छन्, र अहिले पार्टीमै रञ्जितासँगको सम्बन्ध विच्छेदको अवस्थामा पुगेको देखिन्छ।

चार सिटसहित प्रतिनिधिसभा प्रवेश गरेको नाउपा पहिलो चुनावमै आश्चर्यजनक उदाएको थियो।

तर, अहिलेको नेतृत्व विवादले पार्टीको राजनीतिक भविष्य अन्योलमा परेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशसभामा पनि प्रतिनिधित्व रहेको पार्टीका लागि यो संकट गम्भीर मोडमा पुगेको विश्लेषण गरिएको छ।

अध्यक्ष पद गुमाएपछि अब रञ्जिता पक्षधरले पनि आ-आफ्नो रणनीति तय गर्ने तयारी थालेका छन्।

पार्टीभित्र शक्ति सन्तुलन, निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्रप्रति उठेका प्रश्नहरूले नाउपाको साखमाथि गम्भीर असर पारेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.