भित्री मधेशको बीच जङ्गलमा मनमोहक  ‘आलिताल’

learnar

डडेल्धुरा : वरिपरि जङ्गल। बीचमा तलाउ। पानीमा पौडिरहेका जलहाँस। किनारमा फुरफुर्र उडिरहेका पुतली। आकाशमा भुर्रभर उडिरहेका चरा। सुन्दर, शान्त र मनोहर। आलितालमा पुग्दा मन रमाउँछ।

डडेल्धुराको आलिताल गाउँपालिका-३ मा पर्दछ, ताल (८,०० मिटर)। भित्री मधेशमा, महाभारत पर्वतको जङ्गल बीचमा। ताल किनारमा पदमार्ग छ, हिँडेर तालको फन्को मार्न करिब आधा घण्टा लाग्छ।

Ird

तालमा ढुङ्गा चढ्ने सुविधा छ। यहाँको पानी दक्षिणपट्टिबाट बहन्छ, जसलाई झरन खोला भनिन्छ। यो खोला रगुन नदीमा पुगेर मिसिन्छ।

तालले बेलाबेलामा रङग फेर्छ। तालका कर्मचारी गगनसिंह पुन मगरका अनुसार पुसमाघमा हेर्दा ताल धमिलो देखिन्छ। तर, अञ्जुलीमा पानी उठाएर हेर्दा कञ्चन हुन्छ।

प्राकृतिक हिसाबले त सुन्दर छँदैछ, धार्मिक हिसाबले समेत आलिताल महत्वपूर्ण छ। यसलाई देवताको ताल समेत भनिन्छ।

यसको पूर्वमा बाराही, उत्तरमा समैजी र उत्तरपश्चिममा भगवतीका मन्दिर छन्। श्रीपञ्चमी र माघे सङ्क्रान्तिमा मेला लाग्छ।

आलिताल हाम्रो गौरव हो। सहज पहुँचका लागि रंगुन नदीमा पक्की पुल आवश्यक छ। घुम्तीबजारमा रंगुन नदी फराकिलो छ। पुल बनाउन ठुलो रकम चाहिन्छ। गाउँपालिकाको बजेटबाट सम्भव नभएकाले हामीले प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरेका छौ।

ताल उत्पत्तिको विषयमा बुढापाकाहरु रोचक कथा सुनाउँछन्। पहिला यो ठाउँमा खेती थियो रे। यसको पूर्वमा मामुर गाउँ थियो। असारका बेला रोपाइँको तयारी भैरहेको थियो। गाउँकी एउटी बुहारीले सपना देखिछन्, ‘अनिष्ट हुन्छ, रोपाइँ नगर्नु।`

Ghatal Sta

बिहान उनले आफ्नो सपना सबैलाई सुनाइन् तर कसैले मानेनन्। उनीहरु हलोजुवा बोकेर रोपाईमा निस्केछन्। उनीहरु खेतमा पुगेर आली लगाउँदा, भासिएछ। ठुलो पानी परेछ।

र, २२ हल गोरुसहित गाउँले सबै पुरिएर मरेछन्। तिनै सपना देख्ने बुहारी खाजा लिएर आउँदा माथिबाटै ताल देखिछन्। उनी त्यही शिलाको रूपमा अलप भइछन्।

ताल वरिपरि सामुदायिक वन छन्। असीग्राम, आलिताल, लक्ष्मीनारायण, हरियाली र भूमिराज गरी ५ ओटा सामुदायिक वनले ताल घेरिएको छ।

वनक्षेत्रमा जङ्गली जनावर बँदेल, मृग, चितुवा आदिको बसोबास छ। तालमा जाडो छल्न समुन्द्र पारिबाट फिरन्ते चरा पनि आउँछन्।

प्रशस्तै पर्यटकीय सम्भावना हुँदाहुँदै पनि आलितालले फाइदा उठाउन सकेको छैन। यहाँ जाडो याममा वनभोज खानेहरुको भिड लाग्छ।

कहिलेकाहीँ आन्तरिक पर्यटक आइपुग्छन्। स्थानीय गाउँपालिकाले आलिताललाई पर्यटकीय गन्तव्य बनाउन परिणामुखी काम गर्नुपर्ने खाँचो छ।

डडेल्धुराको बुडरबाट करिब १८ किलोमिटर दुरीमा पर्दछ, ताल। बुडर-जोगबुढा सडक खण्डको घुम्तीबजारसम्म १६ किलोमिटर पक्की सडक छ।

त्यहाँबाट उत्तरपश्चिम २७ सय मिटरमा ताल। ताल किनारसम्म सडक ट्रयाक खोलिएको छ। आलिताल क्षेत्रमा खाना र बास सुविधा छैन।

नजिकैका गाउँमा सामुदायिक होमस्टेको सम्भावना देखिन्छ। नजिकका घुम्तीबजार र गोदाम बजारमा सामान्य खाना र बास पाइन्छ। तत्कालका लागि आलिताल पर्यटन विकास समाजले ताल नजिकै खाजाघर चलाउनु बेस हुनेछ।

मैनाकुमारी रावल
रावल आलिताल गाउँपालिकाकि उपाध्यक्ष हुन्। उनको यो लेख बुद्ध एयरको जनवरी महिनाको यात्रा अंकबाट साभार गरिएको हो।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.