कैलाली कारागारमा डडेल्धुराका प्वालीको शंकास्पद मृत्यु, छानबिन समिति गठन

learnar

डडेल्धुरा: कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेल्धुराका २८ वर्षीय हरिश सिंह प्वालीको शंकास्पद मृत्यु भएको छ।

घटनापछि प्रशासनले बुधबार सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

Ird

प्वाली डडेल्धुरा जिल्ला अन्तर्गत भागेश्वर गाउँपालिका–५ निवासी हुन्।

उनलाई बैंकिङ कसुरमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले जेठ २९ गते सदरमुकामबाट पक्राउ गरेको थियो।

एक रात थुनामा राखेर ३० गते कैलाली प्रहरीलाई बुझाइएको डडेल्धुरा प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

तर कैलाली प्रहरीले उनलाई असार १ गते मात्र कारागारमा बुझाएको दाबी गरेको छ।

‘उहाँलाई साँझ ६ बजे कारागार ल्याइएको हो,’ कैलाली कारागारका जेलर बसन्त खत्रीले बताए।

सोही राति प्वाली एक्कासि बिरामी भएपछि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो।

अस्पताल पु¥याएको आधा घण्टामै मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए।

‘जाहेरी नआएको कारण पोस्टमार्टम भएको छैन,’ सिंहले भने, ‘पोस्टमार्टमपछि मात्र अनुसन्धान अगाडि बढ्छ।’

Ghatal Sta

‘प्रहरीले हत्या गर्‍यो’

मृतक प्वालीकी श्रीमती जानकी साउँदले आफ्ना श्रीमानको मृत्यु प्रहरी कुटपिटका कारण भएको दाबी गरेकी छिन्।

उनका अनुसार, प्रहरी सहायक निरीक्षक (सई) हरिजित नाथले पटकपटक धम्की दिँदै आएका थिए।

‘पक्राउ परेको बेला मलाई जानकारी दिइएन,’ उनले भनिन्, ‘त्यहाँबाट निजी गाडीमा राखेर धनगढी पठाइएको रहेछ। प्रहरीको कुटपिटबाटै मेरो श्रीमानको हत्या भएको हो।’

कैलालीको धनगढी उपमहानगरपालिका–३ निवासी सई हरिजित नाथले ०८० भदौ २७ गते प्वालीविरुद्ध बैंकिङ कसुरमा जाहेरी दिएका थिए।

जाहेरी अनुसार, प्वालीले एक महिनाको भाखा राखी दुई लाख रुपैयाँ सापटी लिएर ०७९ जेठ २८ मा चेक दिएका थिए। तर खातामा रकम नभएको पाइएको थियो।

कसुर प्रमाणित भई ०८० फागुन २९ गते कैलाली जिल्ला अदालतले प्वालीलाई दुई लाख जरिवाना र १० दिन कैद सजाय तोकेको थियो।

सोही फैसला कार्यान्वयन गर्न डडेल्धुरा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउपछि आफन्त जगदीश रावलले ८५ हजार रुपैयाँ सई नाथको खातामा जम्मा गरिसकेको पनि आफन्तले बताएका छन्।

शंकास्पद मृत्युपछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय व्यापारीले मंगलबार डडेल्धुरा बजार बन्द गराए।

साथै, प्रमुख राजमार्ग समेत अवरुद्ध पारिएको थियो। प्रशासनद्वारा छानबिन समिति गठन गरेपछि यातायात पुनः सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.