बोहरा मेडिको सेन्टर

महासचिव भुसाल भन्छन् : भिजिट भिसा मात्र उदाहरण, सबै सरकारी अड्डा असुलीका केन्द्र बने

चौरासी डरलाग्दो

dream cafe
learnar

डडेल्धुरा : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राज्य संयन्त्रहरू भ्रष्टाचारमा रुमल्लिएको र बदला लिने प्रवृत्ति संस्थागत हुँदै गएको गम्भीर आरोप लगाएका छन्।

समाजवादी प्रेस संगठन, नेपाल डडेल्धुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भुसालले गृह प्रशासनमा देखिएको भिजिट भिसा सम्बन्धी भ्रष्टाचारलाई ‘केवल एउटा उदाहरण’ भन्दै समग्र सरकारी अड्डाहरूलाई असुली केन्द्रको रूपमा चित्रण गरे।

CNA

“देशमा रहेका अधिकांश सरकारी अड्डा सामान्यतया असुलीका अड्डा बनेका छन्,” भुसालले भने, “यही प्रवृत्तिका कारण देश अझै संकटतर्फ धकेलिँदै छ, तर राज्य, राजनीतिक दल र सरकार बेखबर छन्।”

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तोष व्यक्त गर्दै भुसालले भने, “प्रधानमन्त्रीले प्रचण्डलाई चक्मा दिएर सरकार बनाएर आफूलाई बहादुर ठान्ने बाहेक खास काम केही देखिँदैन।”

Bohora ma 1

सरकारको कार्यशैलीप्रति व्यापक असन्तोष व्यक्त गर्दै भुसालले जनतामा निरन्तर गरिबी र कुशासनका कारण आक्रोश बढिरहेको बताए।

“सत्ता नालायक, दमनकारी र आशिष्ट बन्दै गएको छ,” उनले भने, “अब सडक आक्रोशित र पुनःउत्थानवादी शक्तिहरूले कब्जा गर्दै लैजाने खतरा देखिन्छ।”

रवि लामिछाने प्रकरणमा पनि भुसालले सरकारले बदला लिने शैली अपनाएको आरोप लगाए।

“हिजो रविलाई ग्रुम गरे, उनीहरूका लागि उपयोगी थिए। अहिले बदलाको रूपमा कारबाही भइरहेको देखिन्छ,” उनले भने।

आगामी निर्वाचनप्रति पनि भुसालले गम्भीर शंका प्रकट गर्दै भने, “०८४ को निर्वाचन डर लाग्दो चौरासी हुनेछ। ओली र देउवा मिलेर पाकिस्तान वा बंगलादेशको शैलीको चुनाव गर्ने सम्भावना देखिन्छ। पञ्चायतकालीन झल्को दिने गरी।”

भुसालले लोकतन्त्रको नाममा प्रतिशोध, गिरफ्तारी र मुद्दा थोपर्ने प्रवृत्तिलाई अत्यन्त खतरनाक भन्दै आलोचना गरे।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.