जब राजा महेन्द्रको सवारी घटाल बाबाले रोके…

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिमको डोटी र डडेल्धुरा क्षेत्रका श्रद्धा र आस्थाका प्रतीक घटाल बाबा केवल एक ग्रामदेवता नभएर महाभारतकालीन एक महानायक घटोत्कचको देव रूपमा प्रतिष्ठित छन्।

उनी भीमसेन र राक्षसी राजकुमारी हिडिम्बाका सुपुत्र थिए र महाभारत युद्धमा धर्मपक्षको जित सुनिश्चित गराउने अद्वितीय पात्र।

Ird

तर यो लेखमा हामी घटाल बाबासँग जोडिएको एउटा रोचक इतिहास– नेपालका राजा महेन्द्र र घटाल थानको प्रसंगलाई विशेष प्राथमिकता दिँदै सम्पूर्ण ऐतिहासिक, पौराणिक र सांस्कृतिक पक्ष समेट्ने प्रयास गर्नेछौं।

राजा महेन्द्र र घटाल थानको अद्भुत प्रसंग
वि.सं. २०१४ सालमा राजा महेन्द्र डडेल्धुरा भ्रमणमा आउँदा घटाल थान मन्दिर दर्शनका लागि पुगेका थिए।

तर, दर्शनपछि मन्दिर क्षेत्र नछोइकनै घोडामा चढेर सवारी गरे। घटाल थानभन्दा केही माथि उक्लेपछि एक्कासी आएको आँधीबेहरीले राजाको सवारी रोकिएको थियो।

राजाले पछि तत्कालीन घटालका धामी कमाएर क्षमा मागेपछि मात्र आँधीबेहरी रोकिएर राजाको सवारी फर्किएको थियो।

त्यतिवेलाबाट राजाले दैनिक रु १ का दरले पूजा खर्च सरकारले दिन थालेको हो।

घटालका पाँचौं पुस्ताका धामी तिलकसिंह बिष्टले भने, ‘जिल्ला मालपोत कार्यालयमार्फत अहिले पनि पूजा  रकम आउँछ।’

तत्कालीन धामीले राजा सामु कामेर वालुवा खान थालेपछि राजाले धामीलाई ‘जादुगर रहेछन’ भनेका थिए।

तर, धामीले कामेर भनेछन ‘म जादुगर हुँ–होइन भन्ने तिमी दरवार फर्केपछि थाहा पाउने छौ। तिमी दरवार पुग्दा कोठामा पाकेको काफलको हाँगो पाउने छौं।’

नभन्दै राजा महेन्द्र दरबार पुग्दा कोठामा पाकेको काफलको हाँगा भेटिएपछि उनी घटाल बाबा प्रति नतमस्तक भएका थिए।

तत पश्चात राजा महेन्द्रले तत्कालिन डोटी गाैडा मार्फत चाँदिका आशा भाला, डाेला अनि देउरो चढाएको भन्ने कुरा पुराना पुजारी, धामी र भणारीले भन्ने गर्छन्।

HARDIK AGRo NEw

राजा महेन्द्रका पालादेखि नै घटाल देवताबाट प्रभावित भै भण्डारण सामाग्री राखिएको घर हेर्ने भरियालाई सरकारबाट तलब भत्ता सुविधाको व्यवस्था गरिएको थियो जुन हाल सम्म पनि कायमै छ।

घटाल देवताको देउबाट गरगहना र पूजा सामाग्री स्थानीय बासी कारिन्दाहरू नै पूजाको दिनमा देउरोको साथमा धामीहरू नाचेर बाजागाजाका साथ घटालथानमा लैजाने र मेला जात्रा सकिएपछि फेरी देउघरमै फिर्ता ल्याई राख्ने प्रचलन छ।

घटाल बाबाको महिमा
घटाल बाबा, महाभारतका अमर योद्धा घटोत्कच नै हुन्, जसले अर्जुनका लागि सुरक्षित राखिएको कर्णको अमोघ अस्त्र आफूमाथि प्रयोग गराउन बाध्य बनाए।

कर्णको त्यो अस्त्र अर्जुनमाथि प्रयोग भएको भए, धर्म पक्ष हार्थ्यो। कृष्णले स्वयं भनेका छन्, “घटोत्कचको बलिदानले धर्म विजयी भयो, युगौं युगसम्म उनको पूजा हुनेछ।”

यही घटोत्कच द्वापर युगपछि डोटी क्षेत्रको घटालमा देव रूप लिएर प्रकट भएको जनविश्वास छ।

लोककथा अनुसार कुमाउँ राज्यकी रानी मौला घटाल बाबाको प्रतिमा कुमाउँको कत्युरबाट ल्याएर डोटीको घटालमा स्थापना गरेकी थिइन्।

आजको घटाल थान मन्दिर त्यही ऐतिहासिक वाचा र श्रद्धाको प्रतीक हो।

डोटी–डडेलधुरामा घटाल बाबाको प्रभाव
घटाल थान, सतमूला नदीको किनारमा, डडेलधुरा सदरमुकामदेखि ६ किलोमिटर टाढा अवस्थित छ।

यहाँ कुनै विशेष पूजाको समय छैन—कुनैपनि बेला दर्शन गर्न सकिन्छ। घटाल बाबालाई “घटघटवासी, सर्वभोगी, मनोकामना पूरा गर्ने, निसन्तानलाई सन्तान दिने, खडेरी हटाउने” आदि स्वरूपमा मानिन्छ।

घटालका धामीहरू प्रसिद्ध छन्, जसको कामेको बेला वालुवा खान सक्ने अद्भुत शक्ति आजसम्म पनि जनश्रुतिमा जीवित छ।

जनविश्वास अनुसार कलियुगमा सबै देवता लोप भएपनि घटाल बाबाको शक्ति अझ प्रबल हुनेछ भन्ने स्वयं भगवान विष्णुको वरदान रहेको छ।

पौराणिक स्थलहरूसँगको सम्बन्ध
घटाल बाबा मात्र नभएर परशुराम धाम, असिग्राम शिव मन्दिर, भागेश्वर, पर्छेटा, फलटुडे, जोरायल जस्ता स्थानहरू पनि महाभारत कालसँग गहिरो सम्बन्ध राख्दछन्।

यो क्षेत्रलाई नै महाभारत जंगल क्षेत्र मानिन्छ जहाँ पाण्डवहरुले लाक्षागृह काण्डपछि समय बिताएका थिए।

सहयोग : डा. डम्बरराज पाण्डेयको वीर घटाल र सामाजिक सञ्जाल 

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.