
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका-७ नाउलीका आधा दर्जनभन्दा बढी रोकाहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
मध्य–पहाडी लोकमार्ग केन्द्रीत जागरण अभियान अन्तर्गत आज डडेल्धुरामा भएको जनसंवाद कार्यक्रममा नाउलीका ९ जना रोका लगाएत १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।



यसैगरी वडा नम्बर ८ बाट एमालेका दुई र काँग्रेसका दुई गरि ४ जना पनि माओवादी केन्द्रमा प्रवेश गरेेका हुन्।
उनीहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका मालासहित पार्टीमम प्रवेश गराएका हुन्।


